काठमाडौं चैत्र ०६ ।

पौडी खेल्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा मुखियापट्टी मुसरनियाँ गाउँपालिका वडा नम्बर ३ का १८ वर्षीय सुमन ठाकुरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा ठाकुरसहित तीन युवक पौडी खेल्न गएका थिए । पोखरीमा डुबेको देखेर स्थानीयले तीनै जनालाई उद्धार गरेका थिए । उचारका लागि लैजाँदै गर्दा ठाकुरको बाटोमै मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here