रौतहट, ११ फागुन ।
रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकाको जनताहरुको समस्या बुझन उनका युवा नेता अहिले उनका घर टोलमा लगातार रुपमा पुग्न थालेको छ । जनता समाजवादी पार्टी रौतहटका युवा नेता तथा स्थानियबासी अनिल यादव आफना नगरका सर्वसाधारणहरुको समस्या बुझन उनका टोलमा पुग्ने गरेको सहजरुपमा देखिएको छ । बुबा नगरपालिकाको मेयर पदमा निर्वाचित भए देखि नै नगरपालिकाबाट नगरबासीहरुलागि गरिदैं आएको कार्यहरु प्रति नगरबासीहरु कतिको सन्तुष्ट एवम खुशी भएका छन् वा छैन भन्ने कुराको जानकारी लिन उनी नगरबासीहरुको घरदैलौमा रेड खबरलाई बताए ।
उनका अनुसार बुबालाई जनताहरुले पत्याएर मेयर बनाए आफुहरुको सल्लाह र सुझावमा बुबाले सकेजति नगरका हरेक क्रियाकलापहरु राम्रोसंग संचालन गर्नु भो अव गर्न केही बाकी छ वा गरेका काममा केही कमिकमजोरी छ भन्ने बुझन आफु सबसंग भेटन थालेको कमिरहेका कुराहरु आउदा दिनमा जनताले पुन पत्याए पुरा गर्छु भन्ने प्रतिबधताका लागि जनजनमा आएको प्रस्ट पारे ।
युवा नेता आउन लागेको स्थानिय निर्वाचनमा मेयर पदका लागि तयारी समेत गरिरहेका छन् ।







