रौतहटको यमुनामाई गाउँपालिकामा पनि गरिव दलित परिवारका १४ जनाले पक्कि घर पाउने भएका छन ।भने बाकी रहेको दलित परिवारले यसै आर्थिक बर्षमा पक्की घर पाउने भएको छ।यमुनामाई गाउँपालिकाको वडा नम्बर १ जेठरहियामा बुधबार एक कार्यक्रमकाबिच यमुनामाई गाउँपालिकाको प्रमुख श्रीप्रसाद मुखियाले शिलान्यास गर्नु भएको छ । जनता आवास कार्यक्रम अन्र्तगत प्रति घर ६ लाख ५० हजारका दरले जेठरहियामा १४ घर बन्ने भएको वडा अध्यक्ष नन्दलाल यादवले बताउनु भयो ।
शिलान्यास गरिएको घरहरु २ महिनाभित्र निर्माण गरिसक्ने अध्यक्ष यादवले बताउनु भयो । शिलान्यास कार्यक्रममा गाउँपालिका प्रमुख श्रीप्रसाद मुखिया वडा न १ जेठरहियाको अध्यक्ष नन्दलाल यादव लगायत स्थानियको बाक्लो सहभागीता रहेको थियो ।








