काठमाडौं : भारतमा कोभिड -१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १५३ पुगेको छ। यो भाइरसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको छ।

आइतबार मात्रै महाराष्ट्रमा ६ र गुजरातमा ४ नयाँ संक्रमित थपिएका थिए। देशका १२ राज्यमा फैलिसकेको ओमिक्रोनबाट संक्रमितको संख्या दिनप्रतिदनि बढ्दै गएको हो।

हाल महाराष्ट्रमा ५४, दिल्लीमा २२, तेलंगानामा २०, राजस्थानमा १७,कर्नाटकमा १४, गुजरातमा ११, केरला आन्ध्र प्रदेश, चंडीगढ,तमिलनाडु र पश्चिम बंगालामा ओमिक्रोनका बिरामी भेटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here