मोरङको रतुवामाईमा टिपरले ठक्कर दिँदा साइकलयात्रुको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे को.१ख ५११० नम्बरको टिपरले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा साइकल यात्रु रतुवामाई नगरपालिका– ४ कठघराका ५७ वर्षीय हरिराम गिरीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा गिरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरी चालक रतुवामाई– ९ का ४१ वर्षीय मिलन खड्कालाई पनि कुटपिट गरेका छन्। उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

टिपरको लापरबाहीले निर्दोषको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न इन्कार गर्दै रातभरि सडकमा शव राखेर प्रदर्शन गरेका थिए। आफन्तलाई शव जिम्मा लगाउन स्थानीयवासीसँग छलफल भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here