रौतहट,२४ कार्तिक ।
हिन्दुहरुको महान पर्वको रुपमा रहेको छठ पर्वको आज तेस्रो दिन छठ ब्रतालुहरुले अस्तादो सुर्यदेवलाई अर्क दिदैं मनाई रहेका छन् ।
छठ बस्ने ब्रतालुहरुको नहाख अर्थात शुद्धीकरणबाट पहिलो दिन देखि आरम्भ भएको पर्वको दोस्रो दिनमा छठ ब्रतालुहरुले आफना कुल देवता तथा छठ मैयाको नाम घर मै मिठो मिठो पकवान बनाई चढाउने र सबै परिवारले मातालाई ढोग्ने कार्य गर्दछन् ।
त्यस्तै आज तेस्रो दिन सजाइएका छठघाटहरुमा छठ माताका लागि मिठा मिठा प्रकार फलफुल, उखु, केरा लगायत अन्य विभिन्न प्रकारहरु विहानै देखि तयार गरि सबै परिवार घाटमा गई पुजा गर्न बस्ने गर्दछन् केही समय पश्चात अस्ताउदो सुर्यलाई अर्क दिन तेस्रो दिनको पुजा सम्पन्न गर्दै कतिपय घाटमै बस्छन् भने कतिपय ब्रतालुहरु घरमा गई माताको पुजा गर्ने गर्दछन। माँगेका भाकलहरु पुरा हुने विश्वासका साथ यो पर्व मनाउने गरिएको ब्रतालुहरु बताउछन् ।
परापुर्वकाल देखि खासमा मधेश तथा मिथिला क्षेत्रमा मनाउदैं आएको यो पर्व अचेल विश्वका विकसीत देशहरुमा पनि मनाउने प्रचलनमा बृद्धि भएको छ भने देशका राजधानीहरुमा पनि मनाउने गरिन्छ ।








