रौतहट, २० कार्तिक ।
रौतहट जिल्लाको धनसर जंगलसैया कटहरिया सडक खण्डको प्रवेश स्थलमा निर्माण भएको प्रवेशद्धारको पुर्ब मन्त्री प्रभु साहले शनिबार विधिबतरुपमा उदघाटन गरेको छन् । आफना संसदीय कोषको रकमबाट निर्माण गरिएको उक्त प्रवेश द्धारको नेकपा एमालेका नेता एवम पुर्वमन्त्री शाहले शनिबार धनसरमै गई उदघाटन गरेका हुन ।
तत्कालिन क्षेत्र नं.५ का सभाषद सुनिल कुमार यादव उर्फ जितेन्द्रले आफना बुबा एवम नेपाली काँग्रेसका नेता स्वर्गीय अनिरुद यादवको नाममा प्रवेशद्धार निर्माणका लदागि शिलान्यास गरे पनि कार्य अगाडी बढाउन नसके पछि क्षेत्र नं. ३ का निर्वतमान सांसद प्रभु शाहले नयाँ शिलान्यस गरि निर्माण कार्यको थाल्नी गरेपछि पटक पटक निर्माण कार्यमा बाधा व्यवधानहरु आए पनि निर्माण गर्दै शनिवार धनसर गेटको औपचारिक रुपमा समुद्घाटन कार्य सु सम्पन्न भएको छ ।
कार्यक्रममा निर्वतमान प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहा देवाही गोनाहीका उपमेयर परनिया देवी पटेल लगायत अन्यको सहभागीता रहेको थियो ।







