रौतहट,२० कार्तिक ।
देवाही गोनाही नगरपालिकाका मेयर एवम जनता समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष संयोजक धर्मेन्द्र पटेलले आफना नगरका जनताहरुलाई खाना पकाउने ग्यास सिलिन्डर एवम चुल्हो वितरण गरेका छन् ।
नगरपालिकाको वडा नम्बर २ करूनिया लक्ष्मीनियांका जनताहरुलाई खाना बनाउने ३०० ग्यास सिलिन्डर एवम चुल्हो सेट वितरण गरिएको उनका निजी सचिव अशोक पटेलले जानकारी दिनु भएको हो ।
ग्यास सिलिन्डर एवम चुल्हो वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति रामवशिष्ठ राय यादव, वडा अध्यक्ष नुरुल्लाह एवम स्थानिय नेता कार्यकर्ता तथा समाजसेवीहरुको बाक्लो सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here