रौतहट,२० कार्तिक।
नेकपाका नेता प्रभु साहको शनिवार एकै दिन तिन स्थानमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
हिन्दुहरुको महान पर्व दिपावली तथा छठको विशेष अवसरमा आयोजित भेटघाट एवं शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम कटहरिया नगरपालिकाको भसेडवा र जमुनिया तथा गुज़ारा नगरपालिकाको प्रतापपुर पल्टुवामा उत्साहवर्धक जनसहभागितामा सम्पन्न भएको हो ।
विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेता प्रभु साहले नेपाल कम्युनिस्ट आन्दोलन भित्र रहेका केशरजंग रायमाझी जस्ता गद्दार प्रवृतिको पच्छिलो अवतारको रूपमा देखापरेको प्रचण्ड माधव प्रवृतिको विरुद्ध लड़ने प्रतिबद्धता सहित सरकारी निकायमा रहेको लापरवाही , घुषखोरी, चरम भ्रष्टाचार एवं बेथितीको विरुद्ध लड़दै अग्रगमन, बदलाव, सामाजिक न्याय, सुशासन, समृद्धि, विकास र समाजवादको लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रम स्थानिय नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।








