रौतहट ! इशनाथ नगरपालिकाको वडा नं ३ औरैयामा अवस्थित महादेव मठमा धर्मशाला निर्माण हुने भएको छ !

४ करोड ८३ लाख को लागतमा धर्मशाला निर्माणकार्य हुने भएको नगरप्रमुख सन्तोष मेहताले जानकारी दिनु भएको छ !धर्मशाला निर्माणको जिम्मेवारी पाएको सिनर्जी राजदेवी भक्त चन्द्रपुर रौतहट लाई निर्माणकार्य समय सिमा भित्र सम्पन्न गर्न नगरप्रमुख मेहताले निर्देशन समेत दिनु भएको छ !

बिगत केहि दिन देखि नगरप्रमुख मेहताको पहलमा इशनाथ नगरपालिकाको बिभिन्न वडामा बिकाशको योजनाहरुको मेयर मेहताले शिलान्याश गर्दै आईरहेको छ ! औरैयामा निर्माण हुन् लागेको धर्मशालाले नगरबासि हर्षित समेत भएको छ !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here