रौतहट । राैतहटमा मोटरसाईकल दुर्घटनामा परि एक जनाको गए राति मृत्यु भएको छ ।मृत्यु हुनेमा रौतहटको गरुडा स्थित महम्मपुर निवासी २५ वर्षीय अभय यादव रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको डिएसपी लिलाराज लामिछानेले बताउनु भएको छ । विद्युतीय पोलमा मोटरसाइकल ठोक्किदाँ दुर्घटना भएको थियो ।
मोटरसाइकलमा सवार गरुडा–४ का ३० वर्षीय नवलकिशोर पटेल भने घाइते भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख एवं डिएसपी लिलाराज लामिछानेले जानकारी दिनु भयाे । मृतक यादव समाजवादी विद्यार्थी युनियन रौतहटका जिल्ला उपाध्यक्ष समेत रहेकाे बताइएकाे छ ।
यादवले चलाएको मोटरसाइकल गौर–चन्द्रपुर सडकखण्डको बसन्तपुर एरियामा गएराति ११ बजे अनियन्त्रित भएर सडक छेउको विद्युत पोलमा ठोक्किएको थियो । घटनामा परि घाइते पटेलको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








