कञ्चनपुर, बाँके — आइतबारदेखि परेको वेमौसमी वर्षाका कारण पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भित्र्याउन ठिक्क परेको धान भिजेको छ।काटेर खेतमै किसानले सुकाउन को लागी राखेको थियो र वेमौसमी वर्षा कारन बढी नोक्सान पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डा। दिलबहादुर विष्ट बताउँछन्।
उनीहरुका अनुसार ७० प्रतिशत धान भित्र्याइसके पनि ३० प्रतिशत खेतमै भिजेको छ ।
कञ्चनपुरका किसानहरु ५० हजार हेक्टरमा धान खेती गरिन्छ ।
यहाँ धानको उत्पादकत्व ४ मेट्रिक टन प्रतिहेक्टर रहेको किसानले पाईएका छ । ‘अहिले भिजेको धानको बीउ पनि हुदैन,’ डा। विष्टले भने, ‘अझै एकरदुई दिन वर्षा नरोकिए खेतमै उम्रिन सक्छ ।’ उनका अनुसार धेरै धान भिजेका कराण अर्को वर्ष बीउको समेत अभाव हुन सक्ने देखिन्छ ।
किसानहरु धान काटेर खेतमा सुकाउन का लागी राखेका छन् । कतिपयले खेतमै थुप्रो बनाएका छन् । घर आँगनमा थुपारेका छन् । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको कृषकहरु बताउँछन् ।‘सबै धान भिजेर सखाप भयो,’ भीमदत्त नगरपालिका ११ का राकेश भट्टले भने, ‘खेतमा पानी जमेर धान बगाउनै लागेको छ ।’
यस वर्ष बर्खामा नियमित रुपमा वर्षा र उन्नत जातको बीउको प्रयोगका कारण धानको उत्पादन बढ्ने किसानले अनुमान गरिएको थियो । तर भित्र्याउने बेलाको बेमौसमी पानी परेकोले उत्पादनमा ह्रास आउने देखिन्छ ।







