अखिलेश कुमार यादव । रौतहट ।अषाढ १० गते भित्र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिसक्नु पर्नेमा राजनीतिक दलको नेतृत्वको कारण केहि समस्या उत्पन्न भएको कारण ३ महिना ढिलो भए पनि गरुडा नगरपालिकाको छैठौं नगरसभा आईतबार सम्पन्न भएको छ ।
जनता समाजवादी पार्टीको नगर प्रमुख भएको गरुडा नगरपालिकामा नेकपा एमाले नेपालि कांग्रेस नेकपा माओवादीका निर्वाचित जनप्रतिनिधिहरुको अवरोधको कारण ३ महिना ढिलो भए पनि आईतबार नगरसभा भब्य रुपमा सम्पन्न भएको छ ।
नगर प्रमुख इन्नु राय यादवको अनुमति अनुसार गरुडा नगरपालिकाको वडा न ५ को वडाअध्यक्ष जयमंगल यादवले अधिवेशनमा आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तु गगर्नु भएको थियो । वडाध्यक्ष यादवले आगामी आर्थिक वर्षको लागि ५३ करोड ७५ लाख ६२ लाख अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
पुँजीगत खर्च तर्फ १५ करोड ६१ लाख, चालु खर्च तर्फ ११ करोड १५ लाख २४ हजार, संघीय सरकार सशर्त अनुदान तर्फ २२ करोड, सडक बोर्ड नेपाल २५ लाख, सामाजिक सुरक्षा अनुदान ८ करोड २४ लाख ६२ हजार, प्रदेश समानिकर्ण अनुदान १ करोड १३ लाख ८ हजार,प्रदेश बिशेष अनुदान, ३० लाख, प्रदेश सम्पुरक अनुदान २० लाख, वितिय समानिकर्ण तर्फ १४ करोड ६१ लाख, राजश्व बाडफाडबाट ९ करोड १५ लाख २४ हजार, आर्थिक आम्दानि तर्फ ३ करोड प्रस्तुत गरिएको छ ।
प्रस्तुत नीति कार्यक्रममा पूर्वाधार , शिक्षा , स्वास्थ्य , कृषि सिचाई , पशु , उद्योग तथा बाणिज्य पर्यटन सहकारी क्षेत्रलाइ प्राथमिकता दिइएको छ ।
गरुडा नगरपालिकाको छैठौं नगरसभामा जसपाको युवा नेता अनिल यादवले बिपक्षी पार्टीले नगरपालिकाको अरु कार्यमा आफ्नो भागबण्डा मिले पछि बिरोध न गर्ने र नगरसभामा आएर बिरोध गर्नु हास्यास्पद रहेको बताउनु भएको छ ।नगरसभा कार्यक्रममा उपस्थित भएको जनताले गरेको प्रश्नलाई ध्यानमा राखेर आउदो दिनमा जनताको हकहितलाई अझै सुनिक्षित गरेन नगरप्रमुख इनु राय यादवले प्रतिबद्धता समेत गर्नु भएको थियो ।
त्यस्तै कोरोना महामारीको बेला अग्र पंक्तिमा खटेको स्वास्थ्यकर्मीलाई नगरपालिकाले धन्यवाद समेत ज्ञापन गरेको थियो । उक्त नगरपरिषद कार्यक्रममा जसपा रौतहटको इन्चार्ज ब्रिज यादव, युवा नेता अनिल यादव, राजकुमार तत्मा लगाएत वडाध्यक्ष र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो । एका तिर उपमेयरले नगरसभाको बिरोध समेत गरेको थियो ।














