रौतहट- इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शनिबार राति भएको खेलमा राजस्थान रोयल्स विजयी भएको छ ।
अबुधाबीमा भएको खेलमा राजस्थानले चेन्नई सुपर किंग्समाथि सात विकेटको जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १९० रनको लक्ष्य राजस्थानले १७ ओभर तीन बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो ।
राजस्थानका लागि शिवम् दुवेले नटआउट ६४, यशस्वी जैसवालले ५०, सन्जु सामसोङले २८ तथा इविन लेविसले २७ रनको योगदान दिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले चार विकेटको क्षतिमा १८९ रन बनाएको थियो । उसका लागि रुतुराज गाइक्वाडले नटआउट १०१ रन बनाए पनि हार टार्न सकेनन् ।








