अखिलेश कुमार यादव – रौतहट-

रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले दुर्गाभगवती गाउँपालिकाको एक जना पिडित व्यक्तिलाई ५१ हजार नगद सहित खाद्यान्न सहयोग गर्नु भएको छ ।May be an image of 9 people, people sitting and outdoors

दूर्गा भगवाती गाउँपालिका वडा नं.५ का लालबाबू सहनीलाई गाउँपालिका अध्यक्ष साहले नगद सहित खाद्यान्न सामग्री उपलब्ध गराउनु भएको छ । लालबाबू सहनी काम गर्ने क्रममा ११ हजार मेगावाट विधुतीय तार बाट करेन्ट लागेर घाइते हुँदा घाटी र खुट्टाको अप्रेसन गराइ घरमै बसेका र काम गर्न सक्ने अवस्थामा भए पछि परिवार चलाउनमा समस्या भईरहेको खबर सुने पछि गाउँपालिका अध्यक्षले नगद सहित खाद्यान्न सहयोग गर्नु भएको छ ।May be an image of 11 people, people sitting, people standing and outdoors

सहनीको अप्रेसन सकुसल भए पनि उनको अवस्था दैनिए रहेको छ । उनको अवस्था बुझन पुगेका दुर्गा भगवती गाउँपालिका अध्यक्ष साहले नगद रु ५१ हजार सहित चामल १०० किलो , आलू २५ किलो, दाल ५ किलो, ५ लिटर तेल, नून, साबुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।सहनीलाई आउदो दिनमा पनि गाउँपालिकाको तर्फ बाट सक्दो सहयोग गर्ने अध्यक्ष साहले प्रतिबद्धता समेत जनाउनु भयो ।May be an image of 5 people, people sitting, people standing and outdoorsMay be an image of 10 people, people sitting, tree and outdoors

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here