अखिलेश कुमार यादव – रौतहट-
रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले दुर्गाभगवती गाउँपालिकाको एक जना पिडित व्यक्तिलाई ५१ हजार नगद सहित खाद्यान्न सहयोग गर्नु भएको छ ।
दूर्गा भगवाती गाउँपालिका वडा नं.५ का लालबाबू सहनीलाई गाउँपालिका अध्यक्ष साहले नगद सहित खाद्यान्न सामग्री उपलब्ध गराउनु भएको छ । लालबाबू सहनी काम गर्ने क्रममा ११ हजार मेगावाट विधुतीय तार बाट करेन्ट लागेर घाइते हुँदा घाटी र खुट्टाको अप्रेसन गराइ घरमै बसेका र काम गर्न सक्ने अवस्थामा भए पछि परिवार चलाउनमा समस्या भईरहेको खबर सुने पछि गाउँपालिका अध्यक्षले नगद सहित खाद्यान्न सहयोग गर्नु भएको छ ।
सहनीको अप्रेसन सकुसल भए पनि उनको अवस्था दैनिए रहेको छ । उनको अवस्था बुझन पुगेका दुर्गा भगवती गाउँपालिका अध्यक्ष साहले नगद रु ५१ हजार सहित चामल १०० किलो , आलू २५ किलो, दाल ५ किलो, ५ लिटर तेल, नून, साबुन लगायतका खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।सहनीलाई आउदो दिनमा पनि गाउँपालिकाको तर्फ बाट सक्दो सहयोग गर्ने अध्यक्ष साहले प्रतिबद्धता समेत जनाउनु भयो ।








