सप्तरी – राति घरमा सुतिरहेको बेला सप्तरीमा विषालु सर्पले डँस्दा एकै परिवारका २ जनाको मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिकामा वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो ।

मृतक दुवै जना दिदि,भाई रहेको प्रहरीले जनाएको छ । उपचारको लागि दुबैजनालाई अस्पताल लगिएको थियो । सुनीताको सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

यस्तै भाइ कृष्णको राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here