सप्तरी- घरेलु तथा साना उद्योग कार्यालय राजविराजका एक कर्मचारीलाई १५ सय रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कर्यालयका नायब सुब्बा विरेन्द्र साह छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले १५ सय रुपैयाँ घुससहित पक्राउ गरको हो ।

सोमबार साँझ कार्यालयमा एक सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नासु साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले बताए ।पक्राउ परेका नासु साहमाथि आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ ।

उनलाई आयोगको कार्यालय इटहारी पठाउने तयारी गरिएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here