अखिलेश कुमार यादव ।रौतहट ।

रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको बसपार्क बाट प्रहरीले ४० किलो । चाँदीको गहना सहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न २ को ३५ बर्षिय बिध्यानंद साह रहेको छ ।

अस्थायी प्रहरी चौकी बसपार्कको प्रहरी सहायक निरीक्षक बडाबाबु प्रसाद यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेक जांच गर्ने क्रममा काठमाडौँ बाट गौर आएको ज्वाला डीलकश बस बाट बाहिर झर्दा संका लागेर चेक जांच गर्दा ४० किलो चांदी २ वटा कालो झोलामा २०/२० किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चाँदीको गहना सहित पक्राउ गरिएको व्यक्तिलाई थप्प अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा राखिएको र आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भईरहेको प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here