चञ्चल झा । रौतहट । असोज ४ । रौतहटको दुइजना उत्कृष्ठ विद्यार्थीलाई शकुन्तला स्मृति पुरस्कार प्रदान गरिएको छ ।
रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीमा रहेका श्री संस्कृत मा.वि.मत्सरीका शैक्षिक सत्र २०७७ र शैक्षिक सत्र २०७८मा एसइइमा उत्कृष्ठ गरेका छात्रालाई शकुन्तला स्मृति पुरस्कार प्रदान गरिएको छ ।

श्री संस्कृत मा.वि.मत्सरीका भूतपूर्व प्रधानाध्यापक तथा यस जिल्लाकै ख्याति प्राप्त बहुआयामिक व्यक्तित्वका वैभवशाली पुरुष सुन्दर देव झाद्वारा धर्मपत्नी स्वर्गीय  शकुन्तला देवीको नाममा स्थापित “शकुन्तला स्मृति पुरस्कार“ यस वर्ष श्री संस्कृत मा.वि.मत्सरीका दुइ छात्रा शैक्षिक सत्र २०७७को एसइइमा उत्कृष्ठ भएकी काजल कुमारीलाई नगद रु १५०००÷ र शैक्षिक सत्र २०७८ का एसइइमा उच्चतम अंक प्राप्त गरेकी तितिक्षा कुमारीलाई १५०००को नगद पुरस्कार प्रदान गरिएको छ ।

“शकुन्तला स्मृति पुरस्कार“ को वारेमा प्रकाश पार्दै दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले यस्ता प्रेरणामूलक कार्यबाट अन्य विद्यार्थीहरुले पनि प्रतिस्पर्धाको बाटोमा उज्वल भविष्यको परिकल्पनामा लाग्नेछन् भन्दै आशाका साथ ती दुवै छात्रालाई हृदयतः धन्यवाद र अग्रिम प्रगतिमूलक बाटोको कामना गर्नु भयो ।

“शकुन्तला स्मृति पुरस्कार“ स्थापना गर्नु भएको शैक्षिक ,सामाजिक , धार्मिक ,त्यागी लौह पुरुष सुन्दरदेव झाले शिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई प्रदान गरिने यस्ता पुरस्कारले छोरीहरुलाई पनि उच्च शिक्षा सम्म अध्यन गर्नमा बल पुग्ने धारणा व्यक्त गर्नु भयो । “शकुन्तला स्मृति पुरस्कार“ श्री संस्कृत मा.वि.मत्सरीका प्रधानाध्यापक त्रियुग नारायण झाको उपस्थितिमा प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here