काठमाडौं २४ पुस  ।

परराष्ट्र मन्त्रालयले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताउनु भएको हो । आईतबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उहाँले सबै सदस्य राष्ट्रहरुबीचको सहमती जुटन नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरण समेत दिनु भयो । सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखि हुन नसकेको स्मरण गराउनु भयो । उहाँले भन्नु भयो, ‘सार्कमा हामी चियर छौं । तर, प्रक्रियाहरु अगाडि बढेनन् भन्ने कुराहरु छन । यो बहुपक्षीयता र रिजनिज्लमका केही सर्टेन कन्सटेन्टहरु हुन्छन । त्यस मध्येको एउटा के हो भने हामीले सार्क बनाउँदा सार्कको चार्टर डिफाईन गर्दा नै एउटा फण्डामेन्टल प्रिन्सिफल एग्री ग¥यौं । त्यो भनेको एउटा विषयमा सबै एग्री नभएसम्म कुनै पनि चिज अघि बढदैन । बेसीकल्ली त्यही हुन नसकेर हो । सार्कमा अध्यक्ष राष्ट्रको भूमिका छुट्टै केही पनि हुँदैन । हामी त ८ वटा मध्ये एउटा मात्रै हौं । त्यसकारणले गर्दाखेरी यसमा प्रयत्न भईराखेको छ । रिजल्ट आएको नदेखिएको हुनाले हामीलाई प्रगति नभएको जस्तो लागेको हो । यो स्वभाविक पनि हो । मैले सार्क प्रोसेस किन अगाडि बढने भन्दाखेरी चार्टरले डिफाईन गरेको त्यो प्रोसेसले गर्दाखेरी यो सक्रिय हुन नसकेको हो भन्ने कुरा यहाँहरु समक्ष राखेको हुँ । सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरु रहेका छन ।ती सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सो सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनि जिज्ञासा राख्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here