रौतहट । युनिसेफ नेपाल प्रदेश २ जनकपुरधाम बाट गौर नगरपालिका को १० स्थान मा संचालित किशोरी शिक्षा कार्यक्रममा (९ बर्ष देखि १४ बर्ष उमेर समुहका) बालिकाहरुलाई बितरणको लागि प्राप्त २१९ थान स्कुूल कीट बैग सोमबार गौर नगरपालिकाले बिभिन्न वडामा संचालन रहेको किशोरी शिक्षा कार्यक्रम अन्तर्गत उक्त सामानहरु वितरण गरिएको छ ।
स्कूल किट ब्यागमा कापी ,लिडपेन, ईरेजर , पौकिट रुमाल, काईयो, स्कुल ड्रेसको कपडा सेट,अन्डर वियर, नेल कटर, अौजार बक्स )ईत्यादी रहेको गौर नगरपालिकाको शिक्षा संयोजक गणेश गिरीले जानकारी दिनु भएको छ ।
साथै गौर नगरपालिका बाट ती किशोरीहरुलाइ थप सामग्रीको रुपमा अावश्यक पर्ने सेनेटरी प्याड समेत संलग्न गरि नगर प्रमुख अजय गुप्ताको उपस्थितिमा सबैजना किशोरीहरुलाई बितरण गरिएको छ ।
गौर नगरपालिका शिक्षा शाखाको सहजीकरणमा युनिसेफ प्रतिनिधी छवीलाल पटेल, पुर्व सुपरभाईजर संचिता थापा एवम् सहजकर्ताहरुको रोहवरमा गौर नगरपालिकाको सभाहलमा उक्त सामाग्रीहरु वितरण गरिएको छ ।बितरण कार्यक्रममा लगाएत किशोरीहरुका अभिभावक समेतको उपस्थिति रहेको थियो।











