अखिलेश कुमार यादव -रौतहट – सरकार हालै मिलेनियम च्यालेन्ज कर्पोरेशन MCC पास गर्ने तर्फ अग्रसरता देखाईरहेको बेला रौतहट जिल्लाको चन्द्रनिगाहपुमा एमसिसिको बिरुद्धमा आईटी आर्मी टोलीले बिरोध प्रदर्शन गरेको छ । आइटि आर्मी चन्द्रपुर नगर कमिटिको आयोजनामा शुक्रबार चन्द्रनिगाहपुरमा एमसिसिको बिरोधमा प्रदर्शन गरेको हो ।
राष्ट्रिय स्वाधिनताको रक्षा गर , राष्ट्रघाती एमसिसि फिर्ता गर भन्ने नाराका साथ आइटी आर्मीले बिरोध प्रदर्शन गरेको हो । एमसीसीले देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल रहेकोले एमसिसिको बिरोधमा उत्रिनु उत्रनु परेको जिकिर गरेको छ ।
देशका मुख्य राजनीतिक पार्टी कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी फोरम र माओवादी केन्द्र लगायतका दलहरु संसदबाट एमसीसी पास गराउन लागि परेकोले आईटी आर्मीले बिरोध गरेको हो ।
एमसीसी संसदबाट पास भए नेतृत्वलाई जनताले माफ नगर्ने चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका छन । अफगानिस्तान जस्ता देशहरु अमेरिकी सम्राजयावादी षडयन्त्रको शिकार हुँदा भोग्नु परेको पिडा सबैलाई छर्लङ्ग भएको आईटी आर्मीको भनाई छ ।
एमसीसी जस्तो राष्ट्रघाती परियोजना लागु भए देशले ठुलो मुल्य चुकाउनुपर्ने भएकाले अब रौतहट लगायत मुलुकभर आन्दोलन गर्नु पर्ने बताएका छन ।








