जीतपुर – प्रहरीले मुदा दर्ता नगर्दा युवाहरू ईलाका प्रहरी कार्यालय जीतपुरको विरोधमा उत्रिएका छन् । सोमबार राति करिब ८ बजेको समयमा जीतपुरको एक रेष्टुरेन्टमा दुई समूह विच झगडा भएको थियो ।

झगडा भए लगतै ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी टोलि घटना स्थलमा पुगेको थियो । प्रहरीले घटनालाई नियन्त्रण गर्दै दुबै पक्षलाई प्रहरी चौकीमै आउन अनुरोध गरेको थियो । प्रहरीको कुरा मान्दै झगडाका दुई समूह मध्ये एक समुह प्रहरी चौकीमा पुगी निवेदन दर्ता गराउन खोज्दा प्रहरीले आज कुनै निदेन दर्ता नहुने भन्दै भोलि बिहान आउन भने पछि युवाहरू प्रहरीको विरोधमा उत्रिएका हुन ।

युवाहरूका अनुसार झगडामा संलग्न रहेका व्यक्तिहरू मध्ये जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका निर्वाचित एक जनप्रतिनिधि सहित केहि पहुच भएका व्यक्तिहरू भएका कारण प्रहरीले मुदा भोलि हेर्ने भनेर टारेको थियो । युवाहरूका अनुसार पहुच भएकाहरूको ठाउँमा आम जनता भएको भए प्रहरीले ठाउँको ठाउँ नियन्त्रणमा लिन्थ्यो ।

जीतपुरका संजिव थापाले जीतपुरका एक निर्वाचित जनप्रतिनिधि सहित थप २ जना विरूध कुटपिटको मुदा दर्ता गराई घटनामा संलग्नलाई हिरासतमा लिन अनुरोध गर्दा प्रहरीले भोलि आउन भने पछि निवेदक थापाका साथमा गएका युवाहरूले विरोध गरेका थिए ।

मुदा दर्ता गरि दोसिलाई नियन्त्रणमा लिन भनेर जोड दिदा प्रहरीले लठ्ठी समेत चार्ज गरेको थियो यसपछि त्याहाको महोल तातिएको थियो । प्रहरीको लठ्ठीले एक जना घाईते समेत भएका थिए ।

माहोल तातिए पछि ईलाका प्रहरी कार्यालय सिमराबाट आएको टोलीले भोलि बिहानै सिमरा चौकीमा दुबै पक्षलाई उपस्थित गराउन प्रतिबद्धता गरेपछि युवाहरू घर फर्किएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here