In this image provided by the Department of Defense, a CH-47 Chinook from the 82nd Combat Aviation Brigade, 82nd Airborne Division is loaded onto a U.S. Air Force C-17 Globemaster III at Hamid Karzai International Airport in Kabul, Afghanistan, Saturday, Aug, 28, 2021. (Department of Defense via AP)

काठमाण्डाै – अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना बाहिरिएको बताएको छ। दुई दशक लामो युद्ध पछि अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको हो।

तालिबानले अफगानिस्तानलाई कब्जामा लिए पछि त्यहाँबाट एक लाख २३ हजार नागरिकलाई उद्धार गर्न सफल भएको अमेरिकी सेनाले जनाएको छ ।

विद्रोही समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । अमेरिकी सेनाले अफगानिस्तान छोड्न थालेसँगै तालिबान सक्रिय भएको थियो ।

ग्रामीण क्षेत्रमा मात्रै सीमित भएको तालिबानले त्यसपछि सहर केन्द्रित आक्रमण गर्न थाल्यो । गएको साउन ३१ गते तालिबानले राजधानी काबुललाई नियन्त्रणमा लिएपछि त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले आजसम्मको समय पाएको थियो ।

यसैबीच, अमेरिकाले काबुलमा भएको ड्रोन आक्रमणका बारेमा पनि अनुसन्धान भइरहेको जनाएको छ । विद्रोही समूह आईएसको रकेट आक्रमणलाई रोक्न अमेरिकाले ड्रोन आक्रमण गरेको थियो ।

यो आक्रमणमा बालबालिकासहित केही नागरिकको ज्यान गए पछि यसबारे अनुसन्धान थालिएको हो । अमेरिकी सेना बाहिरिएसँगै तालिबानले उत्सव मनाउन थालेको छ । अफगानिस्तानबाट बाहिरिएसँगै अफगानिस्तान, सिरिया, इराक र यमनमा विद्रोहीलाई परास्त गर्न अमेरिका सफल भएको विश्लेषण गरिएको छ ।

सन् १९४५ सम्म अमेरिकाले लगभग ठूला युद्ध जितेको थियो । तर, त्यस पछि कमै मात्र युद्धमा अमेरिकाले जित आफ्नो पक्षमा पारेको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here