साउन १०, काठमाडौं ।उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ ।  आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । साउन १० सम्म जारी गरिएको निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको छ । साउन १ गतेबाट जारी निषेधाज्ञा आज आइतबार राति १२ बजे सकिँदैछ।

भोलि देखि जारी हुने थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भीडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन नपाइने भनिएको छ ।

खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने बैठकले निर्णय गरेको छ ।
त्यसैगरी कुनै पनि शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति नदिइने भनिएको छ ।

यसैगरी स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। निषेधाज्ञामा साबिककै नियमहरु लागू गरिएको छ ।

उपत्यकामा निषेधाज्ञा लम्ब्याइए पनि निषेधाज्ञा निषेधाज्ञाजस्तो छैन । पूरै खुकुलो छ । सार्वजनिक, निजी सबै सवारी सञ्चालनमा रहेका छन् । यस्तै, पार्टी, कार्यकर्ताहरुको नारा जुलुस जस्का कारण निषेधाज्ञा लम्ब्याउनु र नलम्ब्याउनुको कुनै अर्थ नभएको स्वास्थ्यविद्हरुको तर्क छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here