रौतहट २ असार ।
रौतहटमा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा बिगत २४ घण्टामा ७३ जनाको पिसिआर परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पीसीआर विधिबाट ७० जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट १ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ सय ७३ जनामा संक्रमण पुष्टि भएको छ । हाल रौतहटमा कुल १ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।
कोरोना संक्रमण का कारण जिल्लामा ५३ जना र अन्य जिल्लामा ६३ जना गरि रौतहटका १ सय १६ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।








