रौतहट १ असार ।
प्रदेश २ सरकारले अगामी आर्थिक वर्ष २०७८।०७९ का लागि बजेट बिनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट मंगलबार प्रस्तुत गरेका हुन् ।
जसमा चालु तर्फ १५ अर्ब, ६३ करोड ३३ लाख ४३ हजार अर्थात ४६।२६ प्रतिशत र पुजिगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार ८ आर्थत ५३।४४ प्रतिशत र वितीय व्यवस्था तर्फ १० करोड अर्थात ०।३० प्रतिशत बजेट विनियोजन गरेको मन्त्री यादवले बताए ।
सो बजेट राजश्वबाट रु ।३ अर्ब ४ करोड, ९१ लाख ३० हजार, नेपाल सरकारबाट प्राप्त हुने १३ अर्ब ९० करो ३४ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड ८९ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट ६ अर्ब २५ करोड र एक अर्ब ऋण गरी जम्मा ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको हो ।
बजेटमा स्वास्थ्य क्षेत्र, कृषि, शिक्षा, रोजगार, भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतमा जोड दिइएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ भने पोखरी सौन्दर्यकरणमा ३२ करोड र मुख्यमन्त्री स्वच्छता अभियानमा ३१ करोड विनियोजन गरेको छ ।यसअघि प्रदेश २ सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । जसमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५।९५ प्रतिशत रकम विनियोजन गरिएको थियो भने पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३।६७ प्रतिशत, वित्तीय व्यवस्थातर्फ १६ करोड अर्थात ०।४८ प्रतिशत विनियोजन गरिएको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६÷७७ मा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँको बजेट ल्याइएको थियो । जसमा चालुतर्फ १९ अर्ब ११ करोड ९७ लाख ३८ हजार र पुँजीगततर्फ १९ अर्ब २६ करोड ५४ लाख ६४ हजार रुपैयाँ छुट्याइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here