१७ श्रावण २०७९, मंगलवार।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई पक्राउ गर्न सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपा (एमाले)ले विरोध गरेका छ । उसले विप्लव र सिके रावतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा पक्राउ गर्नु ठीक नभएको भन्दै संसद् बैठकमै विरोध गरेको हो ।

आज (मंगलबार) बसेको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सरकारले पक्राउ पुर्जी जारी गरेकोमा विरोध गरेको छन् । उनले उक्त बैठकमा विरोध गर्दै पक्राउ पुर्जी तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् ।बैठकमा बोल्दै भट्राईले भने– ‘म प्रतिपक्षी दलको तर्फबाट सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूलाई काटेको त्यो पत्र तत्काल फिर्ता लिन र उहाँहरूले जुन शान्तिपूर्ण रूपमा राजनीति गर्न दल दर्ता गरेर अगाडि बढ्ने जुन बाटो रोज्नु भएको छ, त्यसलाई प्रोत्साहन गर्न पनि नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले विप्लव समूहलाई पक्राउ पुर्जी पठाएको सुनेको बताउँदै कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको नेकपा (एमाले) नेतृत्वको सरकारले ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण बाटोमा ल्याएको स्मरण गराउँदै तत्काल पक्राउ वसर्जी फिर्ता लिन आग्रह गरे ।सो समूहलाई पुनः हिंसाको बाटोमा फर्काउन गठबन्धन सरकार उद्धत रहेको सचेतक भट्टराईले आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here