रौतहट ३० जेष्ठ ।
रौतहटको चन्द्रपुरमा आइतबार दिउसो नै मोटरसाइकल चोरी भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्र्तगत चन्द्रपुर अस्पताल प्रालिबाट पश्चिम हुदै जाने सडकको ५० मिटर अगाडी आइतबार दिउसो १२ बजे घर अगाडी राखेको मोटरसाइकल चोरी भएको सवारी धनी रामपुकार यादवले बताउनु भयो । आफ्नै घर अगाडी सडकमा राखेको पल्सर १५० प्रदेश न. २–०३–०१० प.७०६ नम्बरको मोटरसाइकल चोरी भएको यादवले बताउनु भयो । पछिल्लो समय रौतहटमा सवारी साधनको चोरीको घटना बढ्दै जान थालेको छ । कोरोना महामारीमा जिल्ला प्रशासन कार्यालय रौतहटले निषेधाज्ञा जारी गरेसँगै चोरीको घटनामा बृद्धि भएको स्थानियले बताएका छन । निषेधाज्ञा जारी गरेको भएतापनि त्यसको पालना गर्नेतर्फ प्रशासनले कडाइ गर्न नसक्दा चोरीको घटना बढेको स्थानियले गुनासो गरेका छन । रौतहटमा बढ्दै गएको चोरीको घटनाको नियन्त्रण गर्न सुरक्षा निकायले बिशेष निगरानी बढाउनु पर्ने पिडितहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here