रौतहट २३ बैशाख ।
रौतहटको जिल्लाको कटहरिया नगरपालिकाले आफ्नो सेवा बन्द गरेको छ । कटहरियामा कोरोना संक्रमणको उच्च जोखिममा परेको जनाउदै विहिबार लागु हुने गरि कटहरिया नगरपालिकामा रहेका ९ वटै वडा कार्यालयहरुका आफ्नो आन्तरिक सेवा मात्र प्रदान गर्ने गरि अन्य सबै सेवा बन्द हुने नगर प्रमुख सियाराम कुशवाहाले बताउनु भयो । मुलुकभर कोरोना संक्रमण दर उच्च रहेकोमा रौतहटमा पनि दिनानुदिन कोरोना संकटको सम्भावना बढ्दै गएको छ । कोरोना जोखिमबाट सेवाग्राहीहरुलाई बच्न र आफु पनि बच्न नगरपालिकाले बिहिबारबाट बैशाख ३१ गतेसम्म आन्तरिक सेवाका लागी मात्र नगरपालिका सञ्चालन हुने नगर प्रमुख कुशवाहाले बताउनु भयो ।








