रौतहट २३ बैशाख ।
रौतहटमा शुक्रबार राती १२ बजेबाट निषेधाज्ञा जारी भएको छ । रौतहटका विभिन्न स्थानहरुमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गइरहेकाले नागरिकहरुको जनस्वास्थ्यमा गम्भिरअसर पर्न सक्ने अबस्थालाई मध्यनजर गरी कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी तत्काल थप सतर्कता अपनाई नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाईका साथ पालना गरि गराई कोरोना नियन्त्रणका लागी रौतहट जिल्लाभर लागु हुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । विहिबार बसेको रौतहट स्तरिय कोभिड ब्यबस्थापन केन्द्रको बैठकले बैशाख २४ गते राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजेसम्म लागु हुने गरि रौतहटमा निषेधाज्ञा जारी भएको यादवले बताउनु भयो । निषेधाज्ञा अवधिमा एम्बुलेन्स , शववाहक , खाद्यसामग्री, औषधी , कुखुराको चल्ला ,पशुपंक्षिको दाना , दुध , इन्धन , फलफुल तथा तरकारी बोकेका सावारी साधन निर्माण सामग्री ढुवानीको सवारी साधन ,मेडिकल , सर्जिकल सप्लायर्सका ढुवानीको सवारी , रसायनिक मल ढुवानी , सरकारी नम्बर प्लेटका सवारी वैबाहिक कार्यक्रममा बढीमा १५ जना जन्ति सहित २ वटा गाडी चलाउन पाउने जनाइएको छ । सार्वजनिक यातायात , निजि सवारी साधनहरु भने चलाउन नपाउने जनाइएको छ । त्यसैगरि औषधी तथा औषधीजन्य पसल , पेट्रोल पम्प , उद्योग कलकारखाना , अन्य सबै ब्यापार ब्यावसायी , स्वास्थ्य मापदण्ड सहित शैलुुन , खाद्यान्न फलफुल तरकारी दुध डेरी , ग्यास पसल लगायतका ब्यावसायहरु सञ्चालन गर्न पाउने छन भने होटल तथा रेष्टुरेष्ट , ब्युटी पार्लर , कपडा पसल , जिमखाना , शैक्षिक संस्था , ट्युसन सेन्टर र हाट बजारहरु बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । समुदाय तथा ब्यक्तिहरुले भने स्वास्थ्य मापदण्डको पुर्ण रुपमा पालना गर्नु पर्ने छ । निषेधाज्ञाको समयमा आदेशको अबज्ञ गरेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिइ प्रचलित कानुन बमोजिम कारवाही गरिने समेत प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here