११ बैशाख काठमाडौँ । कोरोना संक्रमण देखिएर होम आइसोलेसनमा बसिरहेका पूर्वराजा ज्ञानेन्द्र र पत्नी कोमल शाह अस्पताल भर्ना भएका हुन् ।
शाह दम्पती शनिबार दिउँसो १ बजेतिर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमलाल सापकोटाले जानकारी दिए ।
भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भइ गत आइतबार फर्किएका उनीहरुलाई सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।अस्तपालमा भर्ना भएका शाह दम्पतीको स्वास्थ्य अवस्थाका बारेमा भने सूचना अधिकारी सापकोटाले खुलाएनन् ।








