सप्तरी,११ चैत ।
सप्तरीमा लागुऔषधसहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । भारतबाट लागु्औषध लिएर पैदल आउँदै गरेका सप्तरीको कंचनरुप नगरपालिका ११ निवासी २२ वर्षीय राजु सरदारलाई पक्राउ गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिका १ स्थित तिलाठीबाट मंगलबार दिउँसो पक्राउ परेका सरदारको साथबाट फेनारगन २ एमएमलको ३५ थान, डाइजेपाम २ एमएलको ३५ थान र लिजेसिक २ एमएलको ३५ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । लागूऔषधसहित पक्राउ परेका सरदारलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको उनले बताए ।








