रौतहट ११ चैत ।
प्रहरीले भन्सार छलीका सर–सामानहरु भन्सारमा बुझाएको हो । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत विभिन्न मिति, समय र स्थानहरुमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ भित्र्याई ल्याएको गम्छा, वच्चाहरुको अण्डर वेयर, फ्राक, लुङगी, सल, टि–सर्ट, होली कुर्ता, अविर, जिरा, वैरीङ, साईकलको ट्युब, चिनी, फेन्टा, पेन्ट, लगायतका अन्य सर–सामानहरु अन्दाजी मुल्य एक लाख उन्नासी हजार आठ सय पचासी बराबरको मालबस्तु वेवारिसे अवस्थामा फेला पारेको हो । सो सामानहरु आवश्यक कारवाहीको लागि सोमबार गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको हो ।







