सर्लाही ११ चैत ।
सर्लाहीको हरिवनमा आगलागी हुँदा करिब १ लाखको क्षती भएको हो । हरिवन नगर पालीका वडा नम्बर १० स्थित मिन बहादुर फुयालको घर नजिकै रहेको परालको टौवा र धानको भुसमा आगलगी हुँदा सो परिमाणको क्षती भएको प्रहरीले जनाएको हो । घरायसी झगडाको कारण फुयालको ज्वाई जयराम कार्कीले आगो लगाएको प्रहरीले बताएको हो । आगलागी बाट कुनै मानविय क्षती नभएपनि १ वटा बाख्रा , परालको टौवा र धानको भुँस पुर्ण रुपमा जलेर नष्ट भएको हो । उक्त आगलागीमा पराल, धानको भुस र बाख्रा समेत गरी करिब १ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको हो । राती करिब ३ बजे भएको आगजनी नियंत्रणका लागी दमकल, प्रहरी र स्थानियहरु जुटेका थिए । आगजनी गर्ने व्यतिहरू फरार रहेको र निजको खोजतलास भईरहेको प्रहरी बताएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here