बर्दिबास, ८ चैत्र ।
महोत्तरीको बर्दिबास नगरपालिका मेयर बिदुर कुमार कार्कीले दुई वटा विद्यालयको भवन निर्माणको शिलान्यास गरेका छन् । बर्दिबास नगरपालिका ३,स्थित दुधेश्वरी आधारभूत विद्यालय राजाबास र राष्ट्रिय आधारभूत विद्यालय भब्सीको भवन शिलान्यास गरिएको हो ।वडा अध्यक्ष राजन ढुङ्गानाका अनुसार, राजाबासमा नगरपालिकाको तर्फबाट दुई कोठ्ठे पक्की भवन निर्माणका लागि १५ लाख बजेट विनियोजन गरिएको छ भने, अर्को भब्सीमा पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको संसदीय विकास कोषबाट १५ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७७–०७८ भित्र भवनको निर्माण कार्य पुरा हुने छ । भवन शिलान्यास कार्यक्रममा बोल्दै मेयर कार्कीले सामुदायिक विद्यालय रुपान्तरणका लागि काम थालिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here