रौतहट,३ चैत्र ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका भित्र रहेका स्वास्थय केन्द्रमा सोमबारबाट अनलाईन विलींग सुरु भएको छ ।
विज्ञापन प्रविधिको विकास तथा जनशक्तिको कमि र सेवाग्राहीको सहजतालाई ध्यानमा राख्दै नगरपालिकाले नपामा रहेको प्राथमिक स्वास्थ केन्द्रमा अनलाईन बिल काटन सुचारू गरेको हो।
नगरपालिकाको कार्यभार सम्भाले देखि नै सक्रियरुपमा समयमा कार्य गर्दै आएका कटहरिया नपाका निमित प्रमुख प्रशासकिय अधिकृत रामप्रकास साहले एक कार्यक्रमका विच सो कार्य सुचारु गरेका थियो ।

अनलाइनबाट इमरजेन्सी, एक्सरे, लैब सहित कार्यालयको सम्पुर्ण विल काटिने पिएचसि कटहरियाका स्वास्थ्यकर्मी मदन यादवले जानकारी गराउनु भयो ।
कार्यक्रमा डा.यशु मल्ल, नगरपालिकाका कर्मचारीहरु छोटेलाल मिश्रा, गणेश साह, उमेश दास, बिनोद साह सहित अन्यको सहभागिता रहेको थियो ।








