रौतहट २७ फागुण ।
चन्द्रनिगाहपुरबाट गए राती अबैध चिरानी काठसहित दुई जना पक्राउ परेको छ । गएराती बेलुकी अन्दाजी ८ बजे रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारबाट अबैध रुपमा लुकाइ छिपाइ साल जातको चिरान काठ ८८ थानसहित उनीहरु पक्राउ परेको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पक्राउ पर्नेमा चन्द्रपुर ३ गैडाडारका चन्द्र बहादुर थिङ र दुध बहादुर थिङले चन्द्रपुर ४ काच सहदेव हुमगाइको घरमा झादै गर्दा वन गस्ति टोलीले तस्करसहित पक्राउ गरेको हो ।
सो साल जातको चिरान थान ८८ को अन्दाजी १०५ क्यु.फिट काठ सहित डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका सव बन अधिकृत अमरदेब प्रसाद यादबको कमाण्डमा गएको गस्ती टोलिले बरामद गरेको हो । उक्त घटनास्थलबाट पक्राउ परेका २ तस्कर आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा राखिएको प्रमुख वन अधिकृत विनोद सिंहले बताउनु भयो ।








