जनकपुरधाम,११,असोज ।
मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो ।मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् ।पैगम्बर मोहम्मदको जन्म दिन २०८० साल असोज ११ गते विहिवारका दिन परेकोले उक्त दिन मधेश प्रदेशमा सार्वजनिक बिदा दिने भनि माननीय मन्त्रीस्तरबाट मिति २०६०/०६/१० मा निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।







