रौतहट २५ फागुन ।
डिभिजन बन कार्यालय रौतहटले जंङ्गसहिया साझेदारी बन जंगलबाट सालको गोलीया बरामद गरेको छ । ना.२ च.८१९१ नम्बरको बलेरो पिकअपमा राखेर लैजादै गरेको १ थान गोलिया बन गस्तिटोलीले फेला पारेको हो । डिभिजन बन कार्यालय रौतहटका निमित्त डिभिजनल बन अधिकृत अमरदेव प्रसाद यादबको नेतृवमा गएको गस्ती टोलिले बरामद गरेको हो । धनसार जंगलसहिया सडक खण्ड हुँदै गाउँ तर्फ लगिरहेको अबस्थामा गस्ती टोलिले काठ, गाडी सहित कटहरिया न।पा।वडा न।४ बस्ने गाडी चालक मेतु दास समेत पक्राउ गरिएको यादबले बताउनु भयो । पक्राउ परेका गाडी, काठ र चालकलाई आवश्यक कारवाहिको लागि डिभिजन बन कार्यालय चन्द्रपुरमा राखीएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here