रौतहट । ईस्लाम धर्मावालम्बीहरुको दोस्रो ठूलो पर्व ईद–उल–अजाह ९बकर ईद० रौतहटमा पनि मनाइदै छ ।
राजपुर नगरपालिका वडा नम्बर ३ मा रहेको मस्जिदमा मुस्लिम समुदाय बिहानै भेला भई ईद नमाज अदा गरेका थिए । नमाज पछि परम्पराअनुसार कुरबानी दिइएको थियो, जसमा बाख्रा, राँगा लगायतका जनावरहरू धर्मसम्मत तरिकाले कुबार्नी दिइएको हो।कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने इस्लामी परम्परा अनुसार एक भाग आफन्तहरूलाई, एक भाग विपन्न तथा गरीबहरूलाई र एक भाग आफ्नै परिवारका लागि राखिएको मौलाना मोहम्मद जाकिर हुसैनले बताए ।
यो समुदायमा आपसी सद्भाव, सहयोग र धार्मिक सहिष्णुता झल्किने चाड भएको उनले उल्लेख गरेका छन । रमदान महिनाभर उपवास बसी ईदगाहमा सामुहिक नामज पढेर ईद मनाएको ७० दिनपछि बकरईद मनाईने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here