काठमाडौं, माघ २९
पक्राउ परेकी नेकपा प्रचण्ड(माधव पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई प्रहरी अपराध महाशाखा पुगेका छन्।
राज्यविरुद्धको कसुरमा निवासबाटै पक्राउ परेकी झाँक्रीलाई महानगरीय अपराध महाशाखा, मीनभवन राखिएको छ।
करिब एकसाता अघि गोरखामा भएको एक सभामा नेतृ झाँक्रीले राष्ट्रपतिप्रति अमर्यादित भाषा प्रयोग गरेको भन्दै प्रहरीले उनलाई राज्‍यविरुद्धको अपराधबारे पक्राउ पुर्जी थमाएर बिहीबार बिहान निवासबाटै पक्राउ गरेको हो।
पक्राउ परेकी झाँक्रीलाई बिना सर्त अविलम्ब रिहा गर्न पनि नेकपाले आग्रह गरेको छ।
प्रवक्ता श्रेष्ठले विज्ञप्ति जारी गर्दै संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको बताएका छन्।
‘लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन सक्दैनन् भन्ने तथ्य स्पष्ट हुँदाहुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा तथा भर्त्सना गर्दै केन्द्रीय कमिटी सदस्य कमरेड रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here