रौतहट २३ माघ ।
रौतहटको गुजरा नगरपालिकाको वडा नम्बर -९ सिमरा भवानी स्थित केवल राम सुरत क्याम्पसको प्रङ्ग्नामा बिहीवार एक कार्यक्रमका बीच क्याम्पसका जग्गा दाता किशोरी चौधरीको १३ औ दिनकोे पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका हुन् । क्याम्पसको प्राङ्गणमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाधयापक रामेश्वर चौधरीले किशोरी चौधरी असल र नम्र स्वभाव भएको असल व्यक्ति रहेको बताउनु भयो । कार्यक्रममा सहभागिहरुले उहाको आत्माको चिर शान्तिको लागि एक मिनेटको मौन धारण गरेका थिए । कार्यक्रमको बिशिष्ट अतिथि शिक्षाप्रेमी योगेन्द्र प्रसाद यादव तथा अतिथिहरु मेची महाकाली बुहारी संयुक्त आवाजकी जिल्ला संयोजक रत्ना चौधरी, गुजरा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नन्देश्वर चौधरी, निबृत शिक्षक समाजका दुर्गा प्रसाद दाहाल, जुद्ध।मा। वि।का प्रध्यानाध्यापक । अ।चन्देश्वर राउत लगायत दर्जनौ आम सर्व साधारणको सहभगितामा कार्यक्रम सम्पन्न गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here