बिरगंज १८ माघ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्युनिकरणका लागि स्टिकर टाँस्ने अभियान कार्यक्रम शनिवारबाट सुरु भएको छ । सो अभियान ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजना तथा रोटरी क्लब अफ बिरगंजको सहयोगमा शनिबारदेखि शुरु गरिएको हो ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेको प्रमुख आतिथ्यमा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीको अध्यक्षतामा बिरगंज बसपार्क चोकमा रहेको शालिकमा टल्किने स्टिकर टासेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।यो अभियान एक सप्ताहसम्म चल्ने प्रहरी उपरिक्षक पाण्डेले जानकारी दिनुभएको छ । त्यसैगरी आइतबार बसपार्क भित्र रहेका ठुला गाडीहरुमा स्टिकर टास्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक दिलिपराज कार्कीले बताएकाछन् ।यस अभियान अन्तर्गत आज बसपार्कबाट लक्ष्मणवा चोक, रजत जयन्ती चोक देखि बसपार्क र बसपार्क देखि घण्टाघरसम्म सडकको बीच भागमा रहेको पोल पोलमा टल्किने स्टिकर टाँसिएको थियो ।कार्यक्रममा बिपत ब्यवस्थापन प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सरोज प्रजापति, श्रीपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक साह, ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक सुर्य बहादुर थापा, कमल नेपाली, ट्राफिक प्रहरीहरु, स्प्रिट क्लब माइस्थान, ग्यालेक्सी युवा क्लब पिपरा, ईम्पोभि· बिरगंज, टाईगर क्लब, भोलेन्टियर टिम, सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्ली, सामुदायिक सेवा केन्द्र मिनाबजार, स्वतन्त्र युवा क्लब लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here