चितवन १६ माघ ।
बिहीबार साँझ चितवनको राप्ती नगरपालिका–१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको ना६ख ६२८६ नम्बरको ट्रकले सोही दिशाबाट आइरहेको प्रदेश नं २–०२–००१प ५१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक झाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ का ३२ वर्षीय आनन्द झा रहेका प्रहरीले जनाएको छ।दुर्घटनामा घाइते मोटरसाइकलको पछाडि सवार धनुषा जनकनन्दनी गाँउपालिका–५ का २२ वर्षीय श्वेता झाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
ठक्कर दिने ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।








