काठमाडौं १५ माघ ।
उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको चिनी उद्योग सञ्चालक राकेश अग्रवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौँको त्रिपुरेश्वरस्थित घरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट उनीविरुद्ध ठगी मुद्दामाउनीमाथि पक्राउ पुर्जी जारी गरिएको हो । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा रहेको छ भने अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा रहेको छ । मंसिरम ३० गते उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई प्रहरीले नियन्त्रणमा लिने र रकम असुल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो ।
२०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा उनलाई पक्राउ गरीएको थिए । अग्रवाललाई आजै सर्लाही पठाउने प्रहरीले बताएका छन् ।







