रुपन्देही १२ माघ ।
दिदीबहिनीलाई बलात्कार गरेको अभियोगमा एक प्रहरी जवानलाइ प्रहरीले नै नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक कार्यालय लुम्बिनीमा कार्यरत प्रहरी जवान विशाल शर्मा बलत्कारको आरोपमा पक्राउ परेका हुन। पीडितले उजरी दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शर्मा सँगै सोही घटनामा संलग्न गुरु चरण चौधरीलाई पनि नियन्धणमा लिएको छ ।कार्तिक २३ गते रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा राति साढे ८ बजे हिँडिरहेका दुई महिला मध्ये एक जनालाई उनीहरुले सामुहिक बलात्कार गरेको पीडितले बताएकी छिन्। सुरुमा उनीहरुले बहिनीलाइ नग्न बनाएर मोबाइलमा फोटो खिचेको र त्यसपछि दिदी लाई बलात्कार गरेको प्रहरीले बताएको छ।








