रौतहट १२ माघ ।
प्रधामन्त्रीले भारतीय सीमा नाका नखोलेर नेपाल–भारतको सम्बन्ध समाप्त पार्न खोजेके पूर्व मन्त्री अनिल झाले आरोप लगाउनु भएको छ । रौतहटमा स्वर्गीय गजेन्द्र नारायण सिंहको १९ औं स्मृती दिवसको अवसरमा बोल्दै वहाँले यस्तो आरोप लगाउनु भएको हो । पुर्व मन्त्री झाले अधिकारको ग्यारेन्टी सहितको संबिधान नबने सम्म मधेश र मधेशी जनता अझै पछाडि पर्दै जाने बताउनु भएको छ ।
मधेश आन्दोलनको प्रणेता एवं अथक योद्धा स्व. गजेन्द्र नारायण सिंह को १९ औ स्मृति दिवसको अवसरमा कार्यक्रमका बिशिष्ट अतिथि रौतहट क्षेत्र नम्बर १ का विघटित संघीय सांसद, पूर्व मंत्री जसपाका केन्द्रीय सदस्य झाले यस संस्था गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठान द्वारा क्षेत्र तथा जिल्लाको विकासको लागि ७ बिगहा जाग्गा खरीद गरी सकेको र थप आवश्यक ७ र ८ बिगहा जग्गा खरीद गरी आउदो ५ वर्षको भित्रमा ३ सय सैयाको अस्पताल निर्माण गर्ने , यमुनामाई गाउपालिकाको झुंखुनवामा औधोगिक क्षेत्रको कार्य छिटै सुरु हुने बताए । औधोगिक क्षेत्र बनेपछि बैदेशीक रोजÞगारको लागी युवाहरु बिदेश जाने समस्याको समाधान हुने तथा आउँदो १० वर्षको भित्रमा स्व।गजेन्द्र नारायण सिंह स्मृति प्रतिष्ठानद्वारा जिल्लामा मेडिकल कालेज तथा टीचिंग हास्पिटलको कार्य सम्पन्न गर्ने बताउनु भयो ।
एक अर्को प्रसंगमा वाहाँले लोकतन्त्र भए कमजोर मान्छे पनि बोल्न सक्छ, लोकतंत्रले सबैको अधिकार सुनिश्चित गर्ने उहाँले बताउनु भयो ।
नेपाल – भारत बिशेष सम्बन्ध मधेशी जनताको लागि अति आवश्यक भएको स्वर्गीय गजेन्द्र नारायण सिंहको तीन फार्मूला लोकतन्त्र, मधेशवाद र नेपाल भारत विशेष सम्बन्ध माथि उहाँले प्रकाश पार्नु भयो । मधेशी जनताको देशसंग अंशको सम्बन्ध र भारतसंग वंशको सम्बन्ध रहेकाले अंश र वंश दुबैको रक्षाको लागि नेपाल भारत बिच समझौता गरी सीमा नाका खोलनु पर्नेमा जोड़ दिनु भयो । प्रधानमंत्रीले भारतीय सीमा नाका नखोलेर नेपाल भारतको सम्बन्ध समाप्त पार्न खोजेको आरोप लगाएका थिए ।
मधेशी जनता माथि हुदै आएको दमन , शोषण लाई स्व। सिंहले एक आन्दोलन चलाएको स्मरण गराउनु भएको थियो । वहाँले भन्नु भयो “जबतक शोषित इंसान रहेगा,धरतीपर तूफान रहेगा , शोषित जनता अब ना सहेगी,अपना हक लेकर रहेगी ।“ वहाँले स्व। सिंहको अभियानलाई उहाँको पथमा चलने , आस्था विश्वास राख्ने सबैले उहाँको अभियानलाई सफल बनाउन लाग्नु पर्ने तथा आफु निरन्तर उहाँकै सिद्धान्तमा हिड्दै र स्व। सिंहको सपना साकार गर्न लागेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here