रुपन्देही ५ माघ ।
रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएका अरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालमा पछिल्लो समयमा बलत्करिको घटना दिनप्रती दिन बढीरहेको देखीन्छ त्यस्तै बलात्कार गरेको अभियोगमा तिलोत्तमा १३ मा मजदूरी गर्ने कपिलवस्तु वाणगंगाका २८ वर्षका होमबहादुर विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानाएको छ ।यही माघ १ गते माघे सङ्क्रान्तिको दिन विकले तिलोत्तमा १५ बस्ने ५ वर्षीया बालिकालाई बलात्कार गरेको उजुरीपरे पछी निजलाइ पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रविन पोखरेलले बताएका छन ।
बालिकाको रुपन्देहीमा उपचार हुन नसकेपछि काठमाण्डौ पठाएको र आरोपीलाई नियन्त्रणमा लीइ थपअनुसन्धान भइरहेको प्रहरी प्रमुख पोखरेलले जनकारी दिएका छन ।








